कोरोना भाईरस बाट मर्नेको संख्या झन्डै ४० हजार, अमेरिकामा संक्रमितको संख्या अहिलेसम्मकै ठुलो

१७ चैत्र २०७६, सोमबार २१:४३

आजका दिनसम्म आईपुग्दा बिस्वभरी कोरोना भाईरसको कारण मर्नेको संख्या झन्डै ४० हजारको नजिक पुगेको छ । त्यसमा संसारकै सबैभन्दा शक्तिसाली देश मानिने अमेरिका पहिलो नम्बरमा छ, कोरोना संक्रमित जनसंख्याको आधारमा हेर्ने हो भने । अहिले त्यहाँ संक्रमितको संख्या करिब १ लाख ७० हजारको छेउछाउ छ भने मर्नेको संख्या ३२ सय छ ।

संक्रमित हुनेको संख्यालाई हेर्ने हो भने दोस्रोमा ईटाली र तेस्रोमा स्पेन हुन आउँछ । अनि मात्र चिन जहाँ संक्रमितको संख्या लगभग ८१ हजार ५ सय छ ।

चीनलाई पनि उछिनेर कोरोना भाइरसबाट मर्नेको संख्या ईटाली र स्पेनमा भएको छ क्रमस: ११ हजार ६ सय र ७ हजार ७ सय १६ ।

चीनमा भने ३ हजार ३ सय पाँच छ । त्यसै गरि फ्रान्स, ईरान र ब्रिटेन पनि प्रभावित छन् । त्यहाँ पनि मर्नेको संख्या २५ सय भन्दा माथि छ ।

स्रोत: विभिन्न अनलाईन माध्यमहरु

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.