एनसेलले एकै दिनमा बुझायो ४ अर्ब ६० करोड राजस्व


जनबोली लेख्छ:

कोरोना भाइरसको विश्व महामारीले विश्व नै आर्थिक संकटमा फसेको छ । जसको चपेटा नेपालमापनि छ । यही संकटका बेला निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल प्रालीले ४ अर्ब ६० करोड कर नेपाल सरकारलाई बुझाएको छ। कम्पनीको स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभ बापतको बक्यौता कर कम्पनीले आज ठूला करदाता कार्यालयमा बुझाएको हो।

ठूला करदाताकार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज ४ अर्व ६० करोड रूपैयाँ बुझाएको हो। सर्बोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड रूपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। त्यसमध्ये ४ अर्ब ५० करोड पुसमै बुझाएको थियो। कम्पनीले हालसम्म कूल १४ अर्ब १० करोड कर बुझाइसकेको छ। कम्पनीले किस्ताबन्दीमा कर तिर्ने सुविधा पाइसकेको छ। कम्पनीले बाँकी कर २०७७ को असार मसान्तसम्म बुझाइसक्नुपर्ने छ। एनसलेको अब बाँकी कर १४ अर्ब ४० करोड मात्र छ।

शिलापत्र लेख्छ:

टेलियासोनेराबाट एक्जिएटमा आफ्नो शेयर बिक्री हुँदा लाग्ने लाभकरमध्ये एनसेलले मंगलबार ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। एनसेलले मंगलबार पुँजीगत लाभकरको दोस्रो किस्ता बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

९ भदौ २०७६ मा सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकरको विषयमा मुद्दा सुनुवाई गरेको थियो भने ५ मंसिर २०७६मा मा पूर्णपाठ सार्वजनिक गर्दै २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो । त्यसलगत्तै ठूला करदाता कार्यालयले पुनः एनसेल प्रालिलाई पत्र पठाएको थियो । 

सर्वोच्चले ठहर गरेको रकम किस्तामा तिर्नको लागि समय दिन माग गरेको एनसेलले १५ पुसमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको थियो । दोस्रो किस्तामा ४ अर्ब ६० करोड गर्दै २१ अर्ब १० करोड मध्ये ९ अर्ब १० करोड रुपैयाँ एनसेलले बुझाएको छ । 

एनसेलले गरेको मागममा बिलम्व शुल्क लिएर किस्तामा दिन सकिने संकेत अर्थसचिव शिशिर ढुंगानाले संसदको लेखा समितिको बैठकमा गरेका थिए । 

लकडाउनको कारण देशको राजस्व न्यून मात्रै उठेको छ । पछिल्लो १ सातामा ३ अर्ब रुपैयाँको पनि राजस्व उठ्न नसेकोमा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ लाभकर बुझाएको हो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope