एपल आईफोन ९ अब ५ दिन भित्र बजारमा आउने

कोरोना भाईरस माहामारीको कारण ठ्याक्कै यहि दिन एपल आईफोन बजारमा आउने भन्ने थाहा नभएपनि, के चै निश्चित छ भने चाडै एपल आईफोन ९ बजारमा आउने छ , म्याशेबल लेख्छ ।
यो आईफोनको खोल भने ई बे (Ebay)ले प्रदर्शनमा ल्याईसकेको छ । तर यो अप्रिल ५ भन्दा अगाडी खरिद बिक्रिमा भने आउने छैन । बजारमा हल्ला के छ भने यहि आउँदो आइतबार बाट यो फोन उपलब्द हुनेछ । यद्दपि कतिपयको राय भने कोरोनाभाईरसको कारण यो अहिले बजारमा नआउन पनि सक्छ ।
आई फोन ९ अर्थात एस इ २ को आयतन ४.७ इन्च हुनेछ जसमा टच आइ डि (Touch ID) र A13 प्रोसेसर (A13 processor) हुनेछ । त्यसको बनोट लगभग आईफ़ोन ८ को जस्तै हुनेछ । त्यो संगै अर्को ठुलो आई ९ प्लस पनि हुनेछ जुन आई फोन ८ प्लस जस्तै हुनेछ । बजारमा हल्ला के छ भने यसको दाम ३९९ डलरबाट सुरु हुनेछ, म्याशेबल लेख्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस