आफ्नै अगाडि मान्छेहरु मरेको देख्दा ‘म’ पनि मर्दोरहेछ, हेर्नोस भिड्यो

१९ चैत्र २०७६, बुधबार ०२:०३

उनीहरुको आँखाहरुलेनै बोल्थ्यो उनीहरु भित्रको दर्द, बाँच्न गरिरहेको संघर्ष । चर्को ज्वरोले उनीहरुको खुट्टा काँपिरहेको थियो । अक्सिजन माक्सभित्र मुख प्याक, प्याक भईरहेको थियो । तिनीहरुको छातीमा हेर्दा उनीहरुले फेर्ने सास प्रतिको भोक गहिरो देखिन्थ्यो ।

मार्च २४ मा फिल्म निर्माता ओल्मा प्यारेन्तिन मिलानको पोलिक्लिनिक अस्पताल भित्र छिरे, कोरोना भाईरससँग संघर्ष गरिरहेका बिरामी र स्वास्थ्यकर्मीहरुको डकुमेन्ट्री बनाउन । त्यो नै यौटा यस्तो अस्पताल थियो जाहाँ कोरोना माहामारीसँग लडिरहेका धेरै बिरामीहरु थिए ।

९०० जति ओछ्यानहरु बिरामीले भरिएका थिए र त्यसैगरी अरु उमेरले बृद्धहरु पनि थिए जसको अवस्था धेरै नाजुक थियो । भेण्टिलेटरबाट सास फेरिरहेका थिए । एउटा सानो डकुमेन्ट्री बनाउन भनेर त्यहाँ पुगेका प्यारेन्तिन, एक मिटरको दुरीमा रहेर त्यहाँको दृश्य नियाल्दा उनले चकित खाए ।

उनीहरुको दुखदायी वास्तविकता यस्तो थियो उनीहरुको आँखाहरुलेनै बोल्थ्यो उनीहरु भित्रको दर्द, बाँच्न गरिरहेको संघर्ष । चर्को ज्वरोले उनीहरुको खुट्टा काँपिरहेको थियो । अक्सिजन माक्सभित्र मुख प्याक, प्याक भईरहेको थियो । तिनीहरुको छातीमा हेर्दा उनीहरुले फेर्ने सास प्रतिको भोक गहिरो देखिन्थ्यो ।

बिरामीहरुसँग जुदिरहेका स्वास्थ्यकर्मीहरुले भने, “बिरामीहरु उपचारमा हुँदा ८ देखि १० घण्टा खान, पिउन तथा ट्वाइलेट जान समेत पाउँदैनन् ।” उनीहरुले भने, “एकदिन त २४ घन्टामै ८०० जना भन्दा बढि मरे यहि अस्पतालमा।”

प्यारेन्तिन सम्झिन्छन, “आफ्नै अगाडि एक मिटरको दुरीमा त्यत्रा मान्छेहरु मरेको देख्दा,आँफुभित्रको “म” पनि मर्दोरहेछ । हेर्नोस भिड्यो ।

(Source: The Atlantic)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.