राहत कोषमा ७ लाख ६५ हजार सहयोग

पोखरा, २० चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको सक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा समस्यामा परेका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने लगायतलाई राहत वितरण गर्न गत चैत १७ गते २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरी विभिन्न संघ संस्था र आम नागरिकलाई सहयोग गर्न आह्वान समेत गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले एक प्रेस विज्ञप्ति जारी गरी विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न आह्वान गरेका थिए ।
महानगरको राहत कोषमा एनआइसी एसिया बैंकले २ लाख, कोअपरेटिभ मानेजर्स क्लबबाट १ लाख ११ हजार ३ सय ३३, मेजर चन्द्रबहादुर पुनले ५० हजार, नाट्टा प्रादेशिक संघ गण्डकीले ५० हजार, कञ्चन बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाबाट ३३ हजार २ सय ११, करुणा बचत तथा ऋण सहकारी संस्था ३० हजार सहयोग गरेका छन् ।
परिचय बचत तथा ऋण सहकारी संस्थाले २५ हजार, मित्रमिलन कृषि सहकारीले २५ हजार, मित्रमिलन सहकारीका अध्यक्ष रमन पौडेलबाट १० हजार, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी (साकोस) २० हजार सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस