स्वास्थ्य सामाग्रीमा भ्रष्टचारविरुद्ध त्रिपाठीको उजुरी

काठमाडौं, २० चैत । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री सहित स्वास्थ्य सेवा विभागका दुई जना विरुद्ध उजुरी दर्ता गरेका छन् । चीनबाट मेडिकल उपकरण आयात गर्दा भ्रष्टचार भएको भन्दै त्रिपाठीले उपप्रधानमन्त्री ईश्वर पोख्रेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला,र ओम्नीका संचालक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् । त्रिपाठीले आफनो फेसबुक मार्फत आफुले स्वास्थ्य सामाग्रीमा भष्टचार गर्ने विरुद्ध कारवाहीको माग गर्दे उजुरी दर्ता गराएको बताएका हुन् ।

त्रिपाठीको उजुरीमा स्वास्थ्य सामाग्रिमा गरिएको भ्रष्टचारमा संलग्न व्यतिmले आफुविरुद्धको प्रमाण मेटाउन सक्ने सम्भावना भएकोले तत्काल हिरासतमा लिई गम्भिर छानविन गर्न माग गरेका छन् । पछिल्लो समय चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्दा सरकारले भ्रष्टचार गरेको भन्दै सामाजिक संजालमा ठूलो आलोचना हुदै आएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस