मृत्युहुनेको संख्या कट्यो आधा लाख, संक्रमितको संख्या १० लाख माथि

अहिलेसम्म कोरोना भाईरसबाट मर्नेको संख्या ६० हजारको नजिक पुगिसकेको छ भने, संक्रमितको संख्या ११ लाखमा छ । निको भएर फर्केकाहरुको संख्या भने झन्डै २ लाख ३० हजार जति छ ।
यो आंकडा हेर्दा निको हुने भन्दा संक्रमित हुने र मृत्यु हुनेको दरआकासिएको देखिन्छ ।
देशका आधारमा संक्रमितको संख्या गन्ने हो भने, सबै भन्दा बढि अमेरिकामा छ, त्यो हो झन्डै ३ लाखको हाराहारी । त्यसमा नयाँ संक्रमित अरु ३० हजार जति थपिएका हुन् । त्यहाँ अहिलेसम्म मर्नेको संख्या ७ हजार ५ सय पुगिसकेको छ ।
विभिन्न संचार माध्यम जस्तै सी एन एन लगायत अरु छापा माध्यम जस्तै वाशिंगटन पोष्टले ले के बताईरहेकाछन् अर्थात् भबिस्यबाणि गरिरहेका छन् भने, अमेरिकामा यो भाइरसबाट मर्नेको संख्या जुन १ तारिखसम्ममा १ लाख पुग्ने छ । यो संगै अमेरिकामा मास्क र अरु महत्वपुर्ण सामाग्रीहरुको अभाब दिनानुदिन खड्किरहेको छ । यो हेर्दा त्यतिबेला सम्ममा मृत्यु हुनेको संख्या त्यो भन्दा बढि हुने देखिन्छ ।
त्यसैगरी अहिलेसम्म इटालीमा मर्नेको संख्या १५ हजारको नजिक पुगिसकेको छ भने स्पेनमा ११ हजार कटिसकेको छ ।,
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस