राष्ट्रपति भण्डारीको सम्बोधन, भाईरस विरुद्ध लडन अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लडन र सरकारलाई साथ दिन सबैलाई अपिल गरेकी छन् ।
शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्दछु ।’
राष्ट्रपति भण्डारीले संयममीत हुन र त्यसैलेनै सिंगो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने बताएकी छन ।
जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण नफैलोस भनेर नेपाल सरकारले लकडाउन गरेको कुरा बताईन र भनिन यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने छ। उनले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् ।
संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको उनले बताइन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस