कोरोना माहामारिको समचारको बिचमा, भारतको छत्तीसगढस्थित रायपुर शहरमा नवजात जुम्ल्याहा जन्मिएका छन र उनिहरुको नाम कोरोना र कोभिड राखिएको छ। उनिहरु लकडाउनको समयमा जन्मिएका हुन्।
किन त्यस्तो नाम राखे भन्ने जिज्ञासामा उनिहरुको राय छ, विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको । उक्त कुरा भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यौटा मेट्रो अनलाईन खबरले पनि त्यही बताएको छ।
स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा भएको कठिनाईलाई यसरी बताएकी छन्, “हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ।”
उनले आँफूलाई मार्च २६ तारिखका दिन ब्यथा लागेको र लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको विभिन्न संचार माध्यमलाई बताईन।
उनले मार्च २७ मा जुम्ल्याहा जन्माएकी थिइन्। ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका थिए। अस्पतालबाट डिस्चार्ज भएका उनीहरुको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो छ।
उनिहरु आफ्ना जम्लियाको नाम कोरोना र कोभिड राखेपनी पछि परिवर्तन हुनसक्ने सम्भावना पनि देख्छन।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com