अब नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ९

२२ चैत्र २०७६, शनिबार ०३:४९

नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा काेराेना भएकाे पुष्टि गरिएको छ।

अब नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक जना उपचारपछि घर फर्किका थिए भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.