एसियाकै सबैभन्दा ठुलो सल्म एरियामा देखियो कोरोना भाईरस, समाल्न नसकिए स्थिति भयाभह


एसियाकै सबैभन्दा ठुलो ‘सल्म एरिया’ अर्थात ‘फोहोर बस्ती’मा बस्ने एकजना व्यक्तिको कोरोना भाईरसबाट बुधबार मृत्यु भएको छ । उनि ५६ बर्षका थिए, उनि दराभी सल्म बस्तीमा बस्थे । उक्त बस्ति भारतको मुम्बईमा अवस्थित छ । यो घट्नापछि भारतीय डाक्टरहरु बेलैमा सजग रहन भन्छन, यदि बेलैमा तयारि हुन सकेनौ भने यसको असर अहिले बिस्वमा परेको असर भन्दा डरलाग्दो र भयाभह हुनसक्छ, युरोप र अमेरिकाले खेपे भन्दा बढि ।


मुम्बईका एक अधिकारि भन्छनकि मृत्यु हुने व्यक्तिको कतैतिर यात्रा गरेको कुनै रेकर्ड थिएन तर जाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

सल्म एरियामा बस्ने कयौं व्यक्तिलाई अहिले ‘होम कवारेंनटाईन’मा राखिएको छ । त्यो बाक्लो घनाबस्ती छिमेकमा ३०० वटा घरका ब्लक र ९० वटा पसलहरु छन् । ति सबैलाई अहिले पुर्णरुपमा बन्द गरिएको छ । त्यहिँ भित्रबाट बिहिबार फेरी अर्का ५२ बर्षका व्यक्तिमा पनि कोरोना भाईरस पोजिटिभ भेट्टाईएको छ ।


१० लाख भन्दा बढि मानिसहरुरहेको त्यो सल्म एरिया वरिपरिको जनघनत्व हेर्ने हो भने अहिलेको अमेरिकाको न्युयोर्क भन्दा ३० गुणा बढि हुन् आउँछ । अर्थात प्रति बर्ग किलोमिटर २८ लाख हुन् आउँछ, सी. एन. एन. लेख्छ ।


यदि यो भाईरस फैलियो भने, डाक्टरहरु भन्छन, समाल्न गार्हो छ किनकि भारतमा धेरै सल्म एरियाहरु छन्, तिनीहरुको अवस्था धेरै रुघ्ण छ, जताततै फोहोरै फोहोर छ, सामाजिक दुरी कायम गर्न असम्भब छ । यदि यसलाई समाल्न सकिएन भने यसले पुरै इण्डिया सखाप बनाउन सक्छ ।

त्यसको असर भनेको नेपालमा पनि पर्नु हो ।


स्रोत: सी एन एन र अन्य अनलाईन समाचारहरु


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope