देश लकडाउनमा, यी नेपाली फिल्म यु टुब र डिस्क होममा


काठमाडौं : लकडाउनले सिर्जना गरेको यो सन्नाटाबीच   फिल्म हल खुल्ने छाँटकाँट नभएसँगै निर्माताको फिल्म रिलिजको रोजाइ युट्युब हुन थालेको छ। सबैभन्दा बढी फिल्म बुढासुब्बा डिजिटलले युट्युबमा अपलोड गरेको छ। उसले नेट टीभीको ‘भिडियो अन डिमान्ड’ प्लेटफर्ममा ‘लभ डायरी’, ‘पोइ पर्‍यो काले’, ‘ए मेरो हजुर ३’, ‘लभ यु हमेसा’ लगायतका पाँच फिल्म बुढासुब्बाले राखेको छ। यस्तै डिसहोमको ‘मुभी एन्ड डिमान्ड’ भन्ने च्यानलमा फागुुनबाट प्रदर्शनमा आएको ‘आमा’ फिल्मसमेत बुढासुब्बाले राखेको छ।

ओएसआर डिजिटलले ‘प्रेम दिवस’ तथा ‘अनुराग’ फिल्म युट्युबमा सार्वजनिक गरेको छ। उता यो समयमा सबैभन्दा बढी फिल्मको डिजिटलाइट किन्ने हाइलाइटले वर्ष दिन पहिले प्रदर्शन भएको ‘पञ्चैबाजा’ फिल्म युट्युबमा अपलोड गरेको छ। हाइलाइटले ‘बोबी’ फिल्मसमेत युट्युबमा ल्याउने जनाएको छ।

लकडाउन बढ्ने सम्भावना पनि उत्तिकै छ। त्यसैले डिसहोमले चैत २९ सम्म निःशुल्क सार्वजनिक गर्ने फिल्मको विवरण सार्वजनिक गरेको छ। उसले हैरान, छक्का पञ्जा २, झमक बहादुर, सिन्दूर, गोपी, चौका दाउ, राहदानी, जेरी, गाजलु, क्याप्टेन, माया प्रेम फिल्म सार्वजनिक गरिसकेको छ।

डिसहोमले यो शनिबार हामी तीन भाइ, अल्लारे, ट्रक ड्राइभर आइतबार निसानी, बृन्दावन, रुन्द्र, कीर्तिपुर, सोमबार जेरी, ए सोल्टिनी, कलिउड, म त तिम्रो हो नि, मंगलबार भैरव, जय श्री दाम, अमेरिकन ब्वाइज र कर्कस, बुधबार मामाघर, अनुराग, जीवनलीला, पण्डित बाजेको लौरी, बिहीबार ट्रक ड्राइभर, बसमा छैन यो मन, यो मायाको सागर, शुक्रबार रानी तथा अर्को शनिबार धुम, सुपरस्टारलगायत फिल्म देखाउँदै छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope