श्रीमती र छोरी सुतिरहेको बेलामा  आगो लगाएर सियाराम उराउ फरार

२२ चैत्र २०७६, शनिबार १०:५५

२२ चैत,

श्रीमती र छोरी सुतिरहेको बेलामा  आगो लगाएर सियाराम उराउ फरार भएका छन ।सुनसरीको इनरुवा नगरपालिका- ८ बस्दै आएका सियारामले ३५ वर्षीय श्रीमती कमलकुमारी उराउ, सात वर्षीया छोरी प्रतिक्षा र चार वर्षीया छोरी प्रतिज्ञालाई आगो लगाएर फरार भएका हुन् ।आगलागीबाट घाइते तीन जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
श्रोतका अनुसार सामान्य विवादमा बिहीबार राति आगलागी गराएर सियाराम फरार भएका हुन् । बिरामीको गाउलेले उद्धार गरेका थिए । सियारामको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिएको कुरा अनलाईन खबरले लेखेको छ।


Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.