‘हिजोसम्म अमेरिका बस्छु भन्दा गर्ब हुन्थ्यो, आजबाट बिरक्त मात्रै लाग्छ’ !


लेखक: कृपा भण्डारी

‘हिजोसम्म अमेरिका बस्छु भन्दा गर्ब हुन्थ्यो, आजबाट बिरक्त मात्रै लाग्छ,” १२ बर्ष देखि अमेरिका बस्दै आएका एक नेपाली बताउँछन् । अमेरिकामा दिन दुई गुणा, रात चौ गुणा कोरोना भाईरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि उनि अतालिएका हुन् । ‘प्राकृतिक प्रकोप, विपति र माहामारीले यो देश धनि, त्यो देश गरिब भन्दोरहेनछ,’ उनि भन्छन । ‘मरिन्छ कि क्या हो ! बरु मरेपनि नेपालमै मर्न पाए हुने भने जस्तो पो लाग्न थालिसक्यो ।’ उनि अमेरिकाको न्युह्याम्प्सोर राज्यमा बस्दै आएका छन् । उनका अनुसार अहिले त्यहाँ रेष्टुरेन्ट, फुड कोर्ट लगायतका धेरै पसलहरु बन्द छन्। कोहि कतै निस्किन छोडेका छन् । हेर्दा बिरक्त लाग्छ ।

‘जतिनै भौतिक बस्तुको पर्याप्तता भएपनि, बाटाघाटा, सडक, सुबिधा र प्रबिधि भएपनि, घर भित्रै थुनिने स्थिति आएपछि, अमेरिका देशमा रहनु र झुपडीमा रहनुमा के चै फरक पर्ने रहेछ र?’ उनि उल्टै प्रस्न गर्छन । बलियो मनोबल बनाएर बसेका उनि अहिले भन्छन, ‘म आँफै अतालिएको छु’।
उनि भन्छन जतिनै शक्तिशाली देश भएपनि माहामारीको अगाडि ‘बिरालोको अगाडी भिजेको मुसो हुनु सिवाय केहि नहुने रहेछ’ । ‘कर्म गरेर खाने ठाउँमा कर्म गर्न नपाए पछि, के गर्नु?’ उनि भन्छन । ‘बाहिरै निक्लिन नपाए पछि के गर्नु ?’ ।

घरि घरि यहि प्रसङ्गमा उनि भन्छन, ‘यत्रो सुबिधा सम्पन्न देशमा त यात्रा मानिस कोरोना संक्रमित देखिए, भाईरसले मरे, के नेपालमा साञ्चै कोरोना नदेखिएको हो त? कि परिक्षण गर्ने किट राम्रो फेला नपरेको? अमेरिका जस्तो देशलाई समेत अहिले पर्याप्त सामाग्री उपलब्द गराउन नसक्दा यो हालत भैरहेको छ भने यदि यो महामारी नेपालमा खनियो भने के होला हालत,’ उनि नेपाललाई सम्झेर घरि घरि चिन्तित हुन्छन।

अमेरिकामा ट्रंपको नेतृत्वलाई आलोचना गर्दै उनि भन्छन, ‘हामीसंग सन्काई र घमण्डी राष्ट्रपति भएर पनि हो, नभए यसलाई अलिक नियन्त्रण गर्न सकिन्थ्यो बेलैमा।’ अहिलेसम्म पनि अमेरिकाले पुरै लकडाउन भने गरिसकेको छैन । सम्बन्धित राज्यको गर्भर्नरले आँफै बुझेर अलि कडिकडाउ गरेको छ । ‘यो ट्रंपले पैसा भन्दा बढि केहि देख्दैन, इकोनोमी डाउन हुन्छ भनेर लक्डाउननै गरिराखेको छैन, यहि ताल हो भने, देश सबै सोतर हुन् बेर लाग्दैन,’ उनि अन्तिममा भन्छन, ‘मलाई त नेपाल आउन पो मन लागेको छ ।’

त्यसैगरी अमेरिकाकै एउटा अस्पतालमा नर्शको काम गर्दै आएकी एक नेपाली महिला भन्छिन, ‘खोई मैले काममा बिदा लिन खोजेको बिदै पाईन। जागिरनै छोडौकि के गरौ भैराखेको छ ।’ उनि भन्छिन ‘बोसले केहि हुँदैन आत्तिनु पर्दैन भन्छ, तर मैसँग काम गर्ने यौटी साथीको श्रीमानमा कोरोना भाईरस देखियो । अहिले उ बिदामा छे । मन आत्तिएको छ, म के गरौँ !’

तर क्यालिफोर्नियामा बस्दै आएका एक नेपाली भन्छन, ‘खोई यहाँ त चहलपहल मान्छेको चलिरहेको छ, बजारमा सामान किन्न मानिसहरु हिडिरहेका छन्, खोई म बुझ्दिन किन त्यसो भैरहेछ, म भने आत्तिएको छु, घरै बसिरहेको छु ।’

तपाईँ हामी पनि यी सबै कुरा सुनेर अघि बढौ है ।

लेखक परिचय: भण्डारी समय-समाचारको प्रमुख सम्पादक हुन् । उनले यो रिपोर्ट डेस्कमा बसेर अमेरिकामा बस्दै आएका नेपालीहरुलाई फोनसम्पर्क गरेर तयार पारेकी हुन् । उनि सामाजिक बिषयबस्तुमा कलम चलाउन मन पराउँछिन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope