कोरोना भाईरसले लियो अमेरिकामा ४ जना प्रतिष्ठित नेपालीको ज्यान


काठमाडौ । अमेरिकामा रहेका नेपाली स्तब्ध भएका छन् । अमेरिकामा उच्च गतिमा फैलिएको कोरोना भाइरस त्यहाँ रहेका नेपालीका लागि झनै दुखद बनेर आएको छ । त्यहाँ एकैदिन ४ जना लोकप्रिय नेपालीको निधन भएको छ । अमेरिकी नेपाली समाजका अत्यन्त लोकप्रिय व्यक्तित्व वरिष्ठ समाजसेवी अजय छोचुनजी, ब्यवसायी थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पाको निधन भएको जनाइएको छ । अजय छोचुनजी अमेरिकी नेपाली समाजका अत्यन्त लोकप्रिय व्यक्तित्व वरिष्ठ समाजसेवी हुन् । यसैगरी झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका हुन् ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ ।

सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् । यसैगरी सोनाम लामा, निमा टेम्बा शेर्पापनि अमेरिकाका चर्चित व्यक्ति हुन् । उनीहरु आफ्नै व्यसाय तथा प्रतिष्ठित काम गर्ने नेपालीमा पर्दथे ।

साभार: janaboli.com


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope