महाप्रसाद अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर

२४ चैत, काठमाडौं । राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
त्यो संगै नयाँ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले सिफारिस गरेको थियो ।
गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।
अनलाइन खबर लेख्छ, ‘उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।’
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस