कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका सञ्चालक पक्राउ

कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् ।
५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
शिलापत्र लेख्छ: अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनलाई प्रहरीले नक्सालबाट पक्राउ गरेको हो । उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएको र ती सामग्री बजार मूल्यभन्दा अधिक मूल्यमा बचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अग्रवालले लकडाउनको समयमा कालोबजारीका लागि कूटनीतिक सवारी प्रयोग गरेकोसमेत प्रहरीले जनाएको छ । अग्रवाल कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूतसमेत रहेका छन् । उनले 209-HCC-1 नम्बरको निलो नम्बर प्लेटको कार चाढेर सोही गाडीमा ६७ ओटा थर्मोमिटरलाई १० लाख ५ हजार मूल्यमा बेच्न जाँदै गर्दा नक्सालबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।
शिलापत्र लेख्छ: उनलाई अहिले महानगरी अपराध महाशाखामा राखिएको छ । कालोबजारीअन्तर मुद्दा चलाउन जिल्ला प्रसाशन कार्यालय कठमाडौं पठाउने प्रहरीले तयारी गरेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस