चैत २७, काठमाडौं -कालीमाटीको तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिने भएको छ।
तरकारी किन्ने ग्राहक र व्यापारी बीच भिड बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार काठमाडौं महानगरपालिकाले बन्द गरेको हो। बजारमा आजदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ।
कोरोना भाईरस नियन्त्रण नहुन्जेल नगरपालिकाले विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्रीवितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ।
साथै तरकारी बिक्रीका लागि काठमाडौंका खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने तयारी भएको महानगरपालिकाले जनाएको छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com