कोरोना बिरुद्ध लड्न कुन कलाकारले कति दिए ? हलिउड र बलिउड


बलिउड हिरो अक्षय कुमार ले २५ करोड दिने घोषणा गरेका छन । कार्तिक आर्यानले प्रधानमन्त्री राहतकोषमा एक करोड दिएका छन् । त्यसैगरी बरुण धावनले ५५ लाख दिने भएका छन् । त्यसैगरी सिल्पा सेट्टी र उनका पति मिलेर रु २१ लाख प्रधानमन्त्री राहतकोषमा हाल्ने भएका छन । त्यसैगरी सलमान खान, साहरुख खान र अमिर खानले पनि सहयोग गर्ने भएका छन् भने केहिरकम प्रधानमन्त्री राहत कोषमा हालिसकेका छन् ।

हलिउड कलाकारहरुमा रायन रेनोल्ड र ब्लेक लाईभ्लिले १० लाख डलर ‘फ़िडीङ्ग अमेरिकालाई’ दिने भएका छन् । त्यसैगरि डोनाटेला भर्सेज र उनकी छोरी एलेग्रा भर्सेजले २ लाख युरो ईटालिको अस्पताललाई दिने भएका छन् । जस्टिन बिबरले पनि सहयोग गरेको घोषणा गरेका छन् यद्दपि ठ्याक्कै यति पैसा भनेर उल्लेख भने छैन ।

प्यारिस हिल्टनले १ करोड डलर दिने भएकी छिन । जर्ज कोलोनी र उनकी पत्नी अमल मिलेर १० लाख डलर दिने घोषणा गरेका छन् । त्यसैगरी ओप्रा विनफ्रीले १० लाख डलर, लियोनार्दो डिक्याप्रियोले १२ मिलियन डलर , डलि पार्टनले १० लाख डलर दिने भएका छन् । यसरि हेर्दा खरबौ रुपियाँ उठ्न सक्ने देखिन्छ । के यसले कोरोना महामारी बिरुद्ध लड्न सहयोग गर्ला?

नेपाली कलाकारमा क-कसले कति दिए, त्यो पत्ता लाउने कामचै तपाईँ पाठकहरुको !


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope