बेलायतमा ३ नेपालीको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोना संक्रमणबाट बेलायतमा थप ३ जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक हुन भने एकजना बेलायतमा पाहुना लाग्न गएका व्यक्ति भएको बताइएको छ ।
५९ वर्षका पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन लण्डनको नर्थविक पार्क अस्पतालमा भएको छ ।
अस्पतालले के पुष्टि गरेको छ भने बेलायतकै नटिङहममा बस्दै आएका पूर्व गोर्खा ५८ वर्षी शिव श्रेष्ठको पनि कारोना संक्रमणकै कारण निधन भएको हो । घरमै आइसोलेसनमा रहेका उनलाई स्वासप्रस्वासमा गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा अर्को एक नेपालीको मृत्यु भएपनि उनको परिचय भने खुल्न सकेको छैन ।
शिलापत्र लेख्छ: यसअघि बेलायतमा दुई नेपालीको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस