कोरोनाभाईरस माहामारीले बनायो अमेरिका बेहाल, ५ लाख बढि संक्रमित

२८ चैत्र २०७६, शुक्रबार १९:५७

हेर्दा हेर्दै अहिले अमेरिकामा कोरोनाभाईरस माहामारीबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगिसकेको छ । त्यसैगरी संक्रमित हुनेको संख्या अहिले ५ लाख नाघिसकेको छ ।

निको भएर घर फ़र्किएकाको संख्या भने २७ हजार मात्रै छ । हरेक दिन संक्रमित हुनेको संख्या सरदर २० देखि ३५ हजार सम्म छ । र मर्नेको संख्या आकासिँदो छ । हरेकदिन २ हजार मानिसहरुको मृत्यु भैरहेको छ । सबैभन्दा बढि प्रभावित राज्य अहिले न्युयोर्क हो । त्यहाँ मात्रै मर्नेको संख्या अहिले झन्डै ६ हजार पुगेको छ ।

त्यहाँ लाउने मास्क र अरु सामाग्रीको अभाब अतिनै भैरहेको छ भने अमेरिकाले अहिलेसम्म देश लकडाउन गरेको छैन । वोर्ल्डमिटर वेब्साईट्का अनुसार, यो बढ्दो रुपमा गईरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.