कोरोना भाईरस संक्रमण भयानक हुन सक्छ, प्रतिबन्ध अझै लगाउ, बिस्व स्वास्थ्य संगठन


कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाहरुहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा देशहरु सचेत बन्नु पर्ने बताएका छन्।

प्रतिबन्धका कारण आर्थिक समस्या या संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो गर्न नहुनेमा उनले जोड दिएका छन् ।

युरोपमा सबै भन्दा बढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट झण्डै १७ लाख मानिस संक्रमित भएका छन् । यस्तै मृत्यु हुनेको संख्या एक लाख नाखेको छ ।

जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा. टेडरोजले युरोपका केही देशमा महामारी केही कम भएको देखिएको बताए ।

डब्लुएचओले विश्वका सरकारहरुसँग जारी प्रतिबन्धहरु फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको बताए । तर त्यसका लागि हतारो भने नरिने उनको भनाई छ ।

उनले भनेका छन्, ‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनः पहिले भन्दा घातक बनेर फैलिने जोखिम हुन्छ । यदी राम्रोसँग व्यवस्थापन गरिएन भने बढ्दो क्रमको भन्दा घट्दो क्रमको संक्रमण जोखिमपूर्ण हुन्छ ।’

स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ ।

यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै डब्लुएचओले सचेत गराएको हो । तर स्पेन र इटालीका सरकारले सामाजिक दूरी भने कामय गर्न भनेका छन् ।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope