प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गर्ने भएका छन्।
समसामयिक विषयमा ११ बजे मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सेतोपाटीलाई बताए।
‘कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गर्न लाग्नुभएको हो’, थापाले भने।
गत मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
चैत १४ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए।
साभार: सेतो पाटी
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com