प्रधानमन्त्री: लकडाउन तत्काल हट्दैन


काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन्। उनले सिंहदरबारबाट यस्तो भिडियो कन्फरेन्स गरेका हुन्।

उनको सचिवायलका अनुसार उनले कोविड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी थिए।

सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा कुरा गर्दै प्रधानमन्त्रीले सरकार स्वयंले बैधानिक अथोरिटीका साथ काम गरेको बताएका हुन् । उनले भने, ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यकता छैन । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगरौं ।’

प्रधानमन्त्री ओलीले प्रभावित समुदाय र क्षेत्रमा राहत प्याकेज वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

प्रधामनन्त्रीले लकडाउन छिट्टै अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन नसक्ने बताए ।

उनले सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै नरम बनेर लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुलाई आग्रह गरे । विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमत्रीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

साभार: अनलाईन खबर र देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope