मृत्युमय २०७६ साल: मृत्यु कसरि बन्ला मित्रु ?


२०७६ साल मेरा लागि मृत्युमय भयो । मृत्युभय भयो । कहिले आफन्तको मृत्युले भयो । कहिले कोरोनाभाईरस माहामारिले गर्दा भयो । कोरोनाभाईरस माहामारिको भय अझै भईरहेको छ ।
मृत्युसँगको मेरो साक्षत्कारले मलाई यौटा उचाईमा पुर्यायो । अन्तत: मृत्यु मेरो मित्रु भयो ।
मानिस जन्मिन पनि सक्छ, नजन्मिन पनि सक्छ । तर जन्मे पछि मानिस, ढिलो वा चाँडो, अवस्य मर्छ । त्यहि भएर मृत्यु सत्य हो र धेरैले भन्छन जीवन ‘भ्रम’ हो । प्रजा देखि राजासम्म, घरबारबिहिन देखि महलमा बस्नेसम्म, चराचुरुंगीदेखि किटपतंगहुँदै हरेक प्राणिसम्म लागु हुने नियम रहेछ मृत्यु । यो नियम सबैलाई लागु हुन्छ, ढिलो वा चाँडो । जसले यो नियमलाई स्वीकार्न सक्दैन, जो यो नियममा अभ्यस्त हुन् जान्दैन, पिंडा उसैलाई हुन्छ । तर कतिपय मृत्यु यस्ता हुन्छन सत्यलाई स्वीकार्दा स्वीकार्दै पनि, नियमसँग अभ्यस्त हुँदाहुँदै पनि, अत्यन्त पिंडा हुन्छ । मृत्यु केहि गरेपनि मित्रु हुन सक्दैन ।
२०७६ सालमा मैले तिनवटा मेरा प्यारा मान्छेका मृत्युलाई नजिकबाट नियाले । कहिलेकाँही मृत्युहरु जीवनसँग यति धेरै नजिक भईदिन्छ्न, ति शत्रु नभएर मित्रु भईदिन्छ्न । अर्थात मृत्यु साश्वत सत्य हो र यसलाई सहर्ष स्विकार्न सक्नुपर्छ भन्ने बोध गराउँछन् । जुन चिजलाई हामी हाम्रो जीवनमा स्विकार्छौ त्यो साथि हुन्छ, साथि बन्छ ।
२०७६ सालमा मेरो पहिलो साक्षत्कार मेरी सासुआमाको मृत्युसँग भयो, जव उहाँ अल्पायुमै अर्थात ५२ बर्षको उमेरमै बित्नुभयो । उहाँ हिड्दा हिड्दै थचक्क बस्नुभयो र कहिल्यै उठ्नु भएन, सदाका लागि । त्यसले डरलाग्दो करुण र भय रस उत्पन्न गर्यो दुई छोरीहरु माझ, मानौ छोरीहरु र मृत्यु एकअर्कालाई सक्दो घृणा गर्छन । उनीहरुले बर्षौदेखि मान्दै आएको इस्श्वरलाई समेत आरोप लगाए । ‘पथरको मुटु भएको’ भनेर बिलाप गरे । त्यो आर्तनादमा करुण र पिंडा रसहरुको खोलो बग्यो । म मर्माहत भएँ । तर मैले मृत्युलाई स्वीकारे । पर्सिपल्टसम्म छोरीहरुका आँखामा आँसुका डोब आलै थिए तर उनीहरु बिस्तारै बोल्न लागे । अर्थात उनीहरुले मृत्युलाई स्वीकारे । फलत मृत्यु मित्रु भयो । जीवन सहज भयो ।
त्यसको एकमहिनामा मैले फेरी मेरी हजुरआमा गुमाए । फेरी त्यसको ३ महिनामा मैले मेरा ससुराबा गुमाए ।
आफ्नी आमा गुमाउदाको पिंडालाई मृत्यु साश्वत सत्य हो भनेर स्वीकार्दा नस्वीकार्दै छोरीहरुले फेरी आफ्नो बाउ गुमाए । आमाशयमा क्यान्सर भएपछी मृत्युको पर्खाईमा बसेका मेरा ससुराबा अन्तिम दिनसम्म केहि बेर जीवन र मृत्युको दोसाँधमा छटपटिरहे र मेरै आँखा अगाडी प्राण त्यागे । स्वास्थ्यकर्मीले उनको शरीरको ब्लडप्रेशर नाप्दै थिए । एक्कासी उनको बोलि अड्किएको थियो । हातखुट्टा चल्न छोडिसकेका थिए, तरपनि बढो संघर्ष गरेर आँफुलाई घिसारिरहे । त्यो दिन उनि खुब छटपटाएका थिए । उनले मृत्युसंग पौठाजोरी खेलिरहे । त्यहि क्रममा उनले मुख ‘आँ’ गरे, म तिर हेरे, मैले उनको हात समाईरहेको थिए । हेर्दा हेर्दै उनको मुखबाट सास निक्लेर गयो । मृत्यु सत्य हो भन्ने थाहा हुँदाहुँदै पनि मृत्युसँग लाप्पा खेल्ने सामर्थ्य राख्नु मेरा ससुराबाको साहासिक कदम थियो जुन थोरै मानिसहरुसँग मात्र हुन्छ ।
एककिसिमले सोच्ने हो भने मृत्यु मानिसको डरलाग्दो शत्रु हो, अर्थात एक किसिमले भन्ने हो भने शत्रुको पनि शत्रु हो । अन्तिममा, जसै मृत्युलाई स्वीकार्ने, मृत्युलाई मित्रु बनाउने मानिस बाँचुन्जेल शत्रु-मानिसलाई समेत मित्रु बनाउन सक्दैन । उसले त्यो जीवनको ठुलो र संभव हुनसक्ने अवसर गुमाईरहेको हुन्छ । गुमाउँछ ।
ससुराबाको बिमारको बारेमा छोरीहरुले जान्दाजान्दै पनि, अझ आमाको मृत्युमा मृत्युलाई स्विकारीसकेका उनीहरुलाई त्यो बाउको मृत्यु स्वीकार्न फेरी गाह्रो भयो । उनीहरुले देखे बाउको मुटुको गति बन्द भएको, उनले सास छोडेको, धर्तीबाट बिदा लिएको | छोरीहरुलाई थाहा थियो उनि बिरामी थिए, उनि जरुर बित्दै थिए । यो सबै थाहा पाएर पनि, उनीहरुले बाउको मृतशरीरलाई छाँद हाले र अलाप गरे ‘लौन बचाईदेउन मेरा बाउलाई’ भन्दै । उनीहरुकै बिलापबिचमा मेरा ससुराबाको दाहसंस्कार गरियो । बिस्तारै छोरीहरुले त्यसलाईपनि स्वीकारे र मृत्यु मित्रु भयो । अर्थात सहज हुँदै गयो ।
यसरि मृत्युलाई नजिकबाट नियालेको मैले पुषमहिनादेखि चीनको वुहानबाट सुरुभएको कोरोना भाईरसले बिश्वभरि मृत्यु बोकेर डुल्न थाल्यो । डुलिरहेको छ अझै र अहिलेसम्ममा लाखौ मानिसहरुको मृत्यु भईसकेको छ । यो क्रम अझै जारि छ । मृत्युलाई देखेर हामि धेरै आत्तिएका छौ, भयभित भएका छौ । तर किन हामी मर्माहत हुन्छौ आफ्नो प्यारो मान्छेको मृत्यु हुँदा? मृत्युलाई स्वीकार्न किन समय लाग्छ? जुनकुरा मैले ति छोरीहरुमा देखे जसले आफ्ना आमा र बुवा गुमाए । उनीहरुले मृत्युलाई स्वीकार्ने अवस्थामा आईपुग्न विभिन्न चरणहरु हुँदै आए ।
पहिलो उनीहरुले पत्त्याएनन मृत्युलाई, दोस्रो उनीहरुले थाहा पाएपनि अस्विकार गरे मृत्युलाई, तेस्रो मृत्युसँग रिस पोखे, चौथो मृत्युसँग तर्क गरे ‘किन अहिलेनै लानु पर्थ्यो मेरा आमाबुवालाई, उनीहरुले के बिगारेका थिए?’ भन्दै, पाँचौमा उनीहरु निरास र हत्तोसाईत भए । छैटौमा ‘संसार यस्तै रहेछ भनेर’ उद्धारण लिन थाले र अन्तिममा मृत्युलाई स्वीकारे, चित्त बुझाए । अन्तत त्यो दुस्मन मृत्यु उनीहरुको मित्रु भयो ।
मृत्यु सबैले देखेको, भोगेको कुरा हो । हरेक दिन यसमा हामी जानकार छौ । धेरैका लागि यो यौटा भयपूर्ण घट्ना हुन्छ । मृत्युसँग हामीलाई जहिल्यै घृणा हुन्छ । हामी थाहापाएर, बुझेरपनि बानि पर्न सक्दैनौ । तर अन्तत हामी मृत्युलाई स्वीकार्न, मृत्युलाई मित्रु बनाउन बाध्य हुन्छौ । जन्मेपछि मृत्यु निश्चित छ, थाहा छ तर पहिलोचोटि आफ्नो प्यारो मान्छेको मृत्युको खबर सुन्दा, पुनर्जन्ममा बिस्वास गर्नेहरुलाईपनि सम्हालिन गाह्रो हुन्छ, मृत्युलाई स्वीकार्न गाह्रो हुन्छ । यिनै कारणहरु हुन् जसले मानिसलाई मृत्युको मित्रुहुन् सजिलै दिदैन् जस्तो ति छोरीहरुले आफ्ना आमाबुवा बितेर जाँदा भोगे — मृत्युलाई नपत्याउनुबाट मृत्युलाई स्विकार्नुसम्म पुगे ।
मृत्युनै यौटा यस्तो यात्री हो जोसँग यात्रा नगर्ने कुनै व्यक्ति हुँदैन, कुनै प्राणि हुँदैन । मृत्युभयले मृत्युको मनोबललाई बलियो बनाउदोरहेछ, मृत्युलाई स्वीकार्न सक्नेहरुले मृत्युलाई कमजोर बनाउन सक्दारहेछन ।
एककिसिमले सोच्ने हो भने मृत्यु मानिसको डरलाग्दो शत्रु हो, अर्थात एक किसिमले भन्ने हो भने शत्रुको पनि शत्रु हो । अन्तिममा, जसै मृत्युलाई स्वीकार्ने, मृत्युलाई मित्रु बनाउने मानिस बाँचुन्जेल शत्रु-मानिसलाई समेत मित्रु बनाउन सक्दैन । उसले त्यो जीवनको ठुलो र संभव हुनसक्ने अवसर गुमाईरहेको हुन्छ । गुमाउँछ । किन उसले बुझ्दैन जीवन त केवल यौटा हिड्ने छायाँ हो जसको अस्तित्व प्रकाशमा मात्र हुन्छ । शेक्सपियरले पनि म्याकबेथमा यहि भनेका हुन् । धेरै थोरैले मात्र मृत्युलाई सहजै स्विकार्छन जस्तो पाँचौ शताब्दिका माहान दार्शनिक सुकरातले गर्न सके, आफ्ना चेलाहरुका अगाडि ‘हेमलक’ नामक बिष पिएर प्राण त्याग गरे । कतिले मृत्युलाई ‘बाहिरी क्रियाकलापबाट पाउने मुक्ति हो र आध्यात्मिकतातिरको यात्रा हो जाहाँ जीवनका हरेक खुशीहरु लुकेका हुन्छन’ भने । कतिले ‘जीवनलाई खाने, हिड्ने, डुल्ने र मस्ती गर्ने हो र सकेसम्म बाँचीराख्ने हो’ भने । सायद तिनीहरुका लागि मृत्यु अझ भय भएर उभिन्छ, शत्रु भएर उभिन्छ ।
हुन् त बाँचुन्जेल हामी मृत्युको बारेमा, मृत्युको बिषयमा चिन्तन, छलफलनै गर्दैनौ । प्राय: हामी हाम्रो समय, खान, पिउन, हिड्न, डुल्नमै बिताउँछौ । सायद यहि कारण हुनसक्छ मृत्यु हाम्रो मित्रु हुन नसकेको ।
मृत्युमय २०७६ सालले मलाई मृत्युको मित्रु हुने कोशिस गर्न सिकाएको छ । मृत्युलाई नजिकबाट नियाल्न चिनाएको छ । तपाईँपनि बेलैमा चिन्तन गर्नुहोस जसले गर्दा तपाईँले आफ्नो सबैभन्दा प्यारो मान्छे गुमाउनु भयो भने पनि, तपाईँ हाँसी-हाँसी बिदाई गर्न सक्नुहुनेछ । मृत्युलाई मित्रु बनाउन सक्नुहुनेछ । मृत्युनै यौटा यस्तो यात्री हो जोसँग यात्रा नगर्ने कुनै व्यक्ति हुँदैन, कुनै प्राणि हुँदैन । मृत्युभयले मृत्युको मनोबललाई बलियो बनाउदोरहेछ, मृत्युलाई स्वीकार्न सक्नेहरुले मृत्युलाई कमजोर बनाउन सक्दारहेछन ।
लेखक परिचय: आचार्य अंग्रेजी उपन्यास ‘रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड’ र ‘जेण्डर एण्ड डिसेबिलिटि पोलिसी’ पुस्तकका लेखक हुन् । उनि विभिन्न बिषयमा कलम चलाउन मन पराउँछन । फुर्सदमा उनि कबिता पनि लेख्छन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस