साउदीमा अनिश्चितकालका लागि कर्फ्यु

साउदी अरबले मुलुकभर लगाएको कर्फ्यु अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । उक्त निर्णय साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । कोरोना भाईरसको नियन्त्रण भन्दै उक्त निर्णय गरिएको हो ।
साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले गत २३ मार्चदेखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको उक्त २१ दिने कर्फ्यु बढाउने निर्देशन दिएका हुन् ।
सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्नका लागि बिहान छ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिने गरिएको छ ।
साउदीको गृहमन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि देशका १३ वटै प्रान्तमा आवतजावतमा रोक लगाइएको जनाएको छ । साउदी अरबमा हालसम्म कोरोना भाइरसबाट ४ हजार ३३ जना संक्रमित भएका छन् भने ५२ जनाको मृत्यु भइसकेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस