३० चैत काठमाडौं, भारतसँग सीमा जोडिएको पर्साको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीनजना बिरामीमा कोरोना भाईरस भएको पुष्टि छ ।
शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय नागरिकलाइ कोरोना संक्रमण पोजेटिभको आशंकामा हेटौडामा स्वाब परीक्षणको लागि ल्याइएको थियो । हेटौडामा परीक्षण गर्दा कोरोना भए नभएको एकीन रिपोर्ट आउन नसकेपछि पुन परीक्षणको लागि काठमान्डौको केन्द्रिय ल्यावमा पठाइएकोमा त्यहाँ पुन परीक्षण गर्दा ३ नै जनालाइ कोरोना भएको पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख डा रोशन पोखरेलका अनुसार ति तिन भारतीय नागरिकमा कोरोना भाईरस पोजिटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘उनीहरु भारतीय नागरिक हुन्। हालै निजामुद्दिनको इस्लामिक भेलामा सहभागी भएर फर्किएका थिए।’ उनीहरु नेपाल कहिले भित्रिएका थिए भन्ने सम्बन्धी विस्तृत विवरण भने प्राप्त भएकाे छैन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com