कोरोना भाईरसलाई भ्याक्सिनले मात्र रोक्न सक्ने, विश्व स्वास्थ्य संगठन

१ बैशाख २०७७, सोमबार २२:०७

२ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ ।

डब्लुएचओ भन्छ भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा रोकिने छैन ।

डब्लुएचओका प्रमुख डा। टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलन गरेर भने कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा बढी खतरनाक हुन्छ । र त्यसलाई निर्मुल पार्न भ्याक्सिननै चाहिन्छ ।

उनले भने, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.