२ बैशाख, काठमाण्डौ- वैशाख ३ गतेपछि पनि लकडाउन फेरी लम्बिन्छ । ढुक्क हुनुहोस।
कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन थप्ने तयारी गरेको मंगलबार बस्ने मन्त्रिपरिषद बैठकमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।

अहिलेको अवस्था हेर्दा लकडाउन अझै कडाइ गर्नुपर्ने देखिन्छ।
हामि सहजै अनुमान पनि लाउन सक्छौ किनभने यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा भनेका थिएकि अझै केही साता कष्टपूर्ण हुनसक्नेछ ।
उनले कम्तिमा वैशाख दोश्रो सातासम्म लकडाउन हुन सक्ने संकेत दिएका थिए। तर अनुमान लाउँदा त्यो पनि लम्बिने देखिन्छ ।
प्रधानमन्त्रीले शनिबार गरेको सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडिओ कन्फरेन्स कलमा लकडाउनलाई कडाइ गर्नुपर्नेमा छलफल भएको थियो।
भारतको असर नेपालमा पनि पर्ने भएकोले हामि के पनि अनुमान लाउन सक्छौ भने नेपालमा लकडाउनको अबधि अझै लम्बिने छ ।
भारतमा पनि भारतका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लकडाउन अवधि थप्नुपर्ने सुझाव दिएका छन्।
अब त झन् नेपालमा कोरोना भाईरस संक्रमित बढेको घट्नाले लकडाउनको अबधि थप्ने र अझ कडा गर्ने भन्ने देखिन्छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com