नेपालमा अब संक्रमितको संख्या पुग्यो १४

१ बैशाख २०७७, सोमबार ०७:०४

काठमाडौं- कैलाली र रौतहटमा कोरोनाका विरामी भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको हो।

उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। यस्तै कैलालीको लम्कीचुवाको क्वारेन्टाइनमा रहेकी ६५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ। उनको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको देवकोटाले बताए।

यो संगै १४ जनामा कोरोना संक्रमण भएको छ। एक जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।

साभार: नागरिक न्युज

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.