नेपालमा अहिले कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
दुई दिन अघिमात्रै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ९ थियो, अहिले त्यो संख्या बढेर १६ पुगेको छ, यद्दपि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पुष्टि भने १४ जनासम्मको मात्रै गरेको छ ।
जति संख्या यो भर्खरको समयमा बढे त्यो सबै भारतबाट आउने मानिसहरुमा देखिएको हो ।
भर्खरैमात्र ३ जना भारतीय नागरिक जो नेपालको भारतसँगको सिमाना भनिने बिरगंजमा बसिरहेका थिए मा कोरोना भाईरस पोजिटिभ देखिएको थियो ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या द्रुत बढेको छ ।
सोमबार मात्रै भारतमा १२ सय ५३ जना नयाँ संक्रमित भेटिएका छन् । १२ सय ५३ नयाँ संक्रमित थपिएसँगै १० हजार ४ सय ५३ मा संक्रमण देखिएको छ ।
सोमबार मात्रै २७ जना संक्रमितको मृत्यु भएपछि मृतकका संख्या ३ सय ५८ पुगेको छ ।
संक्रमित मध्ये १ हजार १ सय ८१ जना पूर्ण ठिक भएका छन् ८ हजार ९ सय १४ जनामा अहिले पनि कोरोना देखिएको छ ।
यो हेर्दा नेपालले भारतसँगको सिमानामा पुरै कडिकडाउ गर्नुपर्ने र सम्पुर्णरुपमा सिल गर्नुपर्ने देखिन्छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com