मग्या सार्की र पान्सरा सार्कीकाे परिवारले राहत पाएनन

विश्वव्यापी फैलिएको नाेबल काेराेना भाइरस ( काेभिड – १९ ) का कारण नेपालमा लकडाउन भइरहेको छ । अहिले नेपालकाे विभिन्न जिल्लामा राहत बाड्ने काम भइरहेको छ तर बाँकेको कोहलपुरमा बस्ने एक परिवारले आँफूले राहत नपाएको गुनासो गरेका छन्।
नेपालकाे प्रदेश नम्बर ५ मा पर्ने बाँके जिल्लाको कोहलपुर नगरपालिका – ११, नयाँ बस्ती , सुकुम्बासी टोलमा बस्ने मग्या सार्की र पान्सरा सार्कीको घरपरिवारले अाफूले अहिलेसम्म राहत नपाएको बताएका छन । उनिहरू पहिला कर्णाली प्रदेशमा पर्ने मुगु जिल्लाको खतेड गाउँपालिका वडा नम्बर ९ मा बस्दै आएका थिए ।
उनिहरुका एउटा छाेरा र एउटी छाेरी रहेका छन् , छाेराकाे नाम सुरेन्द्र सार्की र छाेरीकाे नाम मनिसा सार्की हो । छाेरा चाहिँ अहिले विगत एक वर्षदेखि भारतकाे मिम्लामा मजदुरको काम गर्छन। उनि अहिले भारतमै बस्दै आएका छन ।
मग्या सार्कीले आफ्नै घर नजिकै सडक पेटीमा जुत्ताचप्पल सिलाउने काम गरिरहेकि थिइन तर अहिले लकडाउनका कारणल अाफूले काम गर्न समेत नपाएको उनी बताँउछिन ।
आफ्नो घरपरिवारमा आर्थिक अवस्था परिरहेको समयमा अचानक लकडाउन भएपछि बिहान र बेलुकी छाक टार्न गाह्रो भएको उनिहरु बताँउछन । स्थानीय र सरकारी निकायले यस्तो विपतकाे समय पनि अाफूहरुलाई कुनै ठाउँबाट पनि खाद्यान्न तथा राहत उपलब्द गराउन नसकेको गुनासो गर्छन ।
लकडाउनले गर्दा सुरेेेन्द्रले रकम कमाउन पाएको छैनन।
‘बुबाअामाकाे साहारा म नै थिए तर लकडाउन भएको कारणले नेपालमा बुबाअामा भोकभोकै बसिरहनु भएको छ , अहिलेसम्म केही राहत पनि पाउनु भएको छैन , यताबाट नेपालमा फाेन गर्न पनि मोबाइल रकम नभएकोले कुराकानी पनि गर्न पाएको छैन , यता जति रकम कमाउथे घरमै पठाउथे तर लकडाउनले गर्दा रकम पठाउन समेत पाएको छैन , नेपालमा आफ्नो खेतबारी समेत छैन , दिनमा मजदुर काम गरेर छाक टार्थे तर लकडाउनले गर्दा घरपरिवारको अवस्था निकै नाजुक रहेको छ’ सुरेन्द्र बताँउछन। ‘अब लकडाउन खुल्न साथै म नेपाल आफ्नै घरमै फर्किने छु’ ।
यदि देश तथा विदेशबाट केही रकम वा सहयोग पठाउन इच्छुक व्यक्तिहरुले अथवा संघसंस्थाले तल दिएको नम्बर सम्पर्क गर्नुहोस्:
मग्या सार्की : ९८६४८७३५१६
सुरेन्द्र सार्की : ९८८२७१७९२०
निराज रानाभाट ( सामाजिक अभियान्ता ): ९८४५४२२५०२ वा ९८०९१८९१११
(यो समाचार हाम्रा पाठक निराज रानाभाटबाट प्राप्त भएको हो ।)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस