सप्तरीमा लकडाउन, युवा र प्रहरीबीच झडप, महिलाको मृत्यु

काठमाडौं- सप्तरीको खडग नगरपालिका ६ वीरपुरमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप हुँदा एक वृद्धाको मृत्यु भएको छ।
गस्तीमा निस्किएकाे प्रहरीले घरबाहिर जम्मा भएका १२/१५ युवाको समूहलाई घर जान गरेको आग्रह अटेर गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। त्यसक्रममा युवाले पनि ढुंगा हानेपछि दोहोरो झडप भएकाे स्थानीयले बताएका छन्।
झडपका क्रममा सोही स्थानमा रहेकी ६५ वर्षीया जैनव पुजर्नीको मृत्यु भएको खडग नगरपालिकाका मेयर हेमायु हकले नेपाल समयलाई जानकारी दिए।
स्थानीयले जैनवको मृत्यु प्रहरीको लाठी प्रहारबाट भएको दाबी गरेका छन्। प्रहरीले भने वृद्धासँग दोहोरो कुनाकानीसमेत नभएको बताएकाे छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी विष्णु प्रसाइले वृद्धामाथि लाठी चार्ज नगरेको दाबी गरे। नेपाल समयसँग टेलिफोनमा उनले भने, ‘प्रहरीले बाहिर बसेका युवालाई सम्झाइबुझाई घर पठाउने प्रयास गरेको हो, वृद्धासँग दोहोरो कुरासम्म भएको छैन।’
मृतक वृद्धा मुटु र दमको रोगी भएको अस्पतालको रिपोर्टले देखाएको उनले बताए। सोही कारण उनको मृत्यु भएको हुन सक्ने उनको दाबी छ। वृद्धाको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा राखिएको छ।
सम्पुर्ण साभार: नेपाल समय
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस