कोरोना अब पुग्यो, तिमी जाउ

२ बैशाख २०७७, मंगलवार ०३:५९

कोरोना, अब तिमी जाउ
कोरोना, अब पुग्यो, तिमी जाउ
हामीले हाम्रो धरातल देख्यौ
अब हामीलाई
कुनै घमण्ड देखाउनु छैन,
कुनै फुर्ति लाउनु छैन,
हामीले बुझ्यौ
तिम्रो अगाडि ठाडो सिर गरेर हिड्नुको कुनै तुक छैन ।
यो म बस्ने महलको पनि के अर्थ
यदि तिम्रो अगाडी टाउकै लुकाउनु पर्छ भने,
दुला बन्द गरेरै बस्नुपर्छ भने?
यी पैसाको के काम
जसले जीवन होईन मृत्यु बोकेर मेरो खल्तीसम्म ल्याउँछ भने ?
यो मेरो सवारीसाधनको के काम
यदि सडकमा हुईकिन पाउँदिन भने?
मेरो चैन, मेरो आराम, मेरो निन्द्रा, मेरो खुशी सब लुटिसक्यो ,
म पागल जस्तो एउटै कोठामा, बन्द कोठामा भौतारिरहेछु
घरि स्यानिटाइजर निकाल्छु, हातभरि दल्छु,
नाकको प्वालभीत्र हाल्छु, घरि नाकमै दल्छु, भिक्स दलेजस्तो,
घरि अनुहारभरि र घरि जिउभरि पोत्छु लोसन लाएजस्तो,
घरि आँफैले खाने खानामा छार्किन्छु, घरि ओछ्यानमा ।
हात धुनेबित्तिकै हात धुन्छु । म
पागल भैसके, कोरोना !

कोरोना अब पुग्यो, तिमी जाउ!

अहिले इमर्जेन्सी आँफै इमर्जेन्सीमा छ ।

मलाई अब कुनै घमण्ड छैन, लाखौ मान्छे मरिसके ।
मलाई सबैले छि-छि र दुर-दुर गर्न थालिसके ।
म बाट पर-पर भाग्न थालिसके !
हिजो ब्लडप्रेशर बढेर माथि पुग्यो, कसैले नापिदिएन ।
यी मेरा खल्तीका नोटको के काम?
सिटामोल किन्न नसकेर झुपडीमा मर्ने तिनीहरु र
हिजो ठाँटका साथ् हातमा सुनको घडि लाएर हिड्ने म
उपचार नपाएर मरेभने,
तिनीहरु र ममा के फरक?
मैले बुझे, कोरोना, गहिराईमा हामी सब समान रहेछौ,
धन-दौलत, धनि-गरिब, तेरो-मेरो, महल-झुपडी खालि भ्रम रहेछ ।
तिमी अब जाउ, कोरोना !
मलाई सडकमा निस्किन दिउ ।
मलाई खुल्ला भएर बाँच्न देउ !
मानब भएर अर्को मानबको हात समाउदै
मलाई सेवा गर्न देउ
मान्छे मरेको ठाउँमा
मलाई मलामी जान देउ ।
मान्छेलाई, मान्छे भएर बाँच्न देउ,
कैदी भएर होईन ।
वास्तबमा कैदी भएर बाँच्नु भन्दा,
बाध्यतामा कैदी भएर बाच्नु,
बाँच्नुभित्रको मर्नु जस्तो हुँदोरहेछ ।
कोरोना अब पुग्यो, तिमी जाउ!

लेखक परिचय: आचार्य अंग्रेजी उपन्यास ‘रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड’ र ‘जेण्डर एण्ड डिसेबिलिटि पोलिसी’ पुस्तकका लेखक हुन् । उनि विभिन्न बिषयमा कलम चलाउन मन पराउँछन । फुर्सदमा उनि कबिता पनि लेख्छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.