ट्रंपले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न भनेको छ ।
ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा विश्व स्वास्थ्य संगठनले आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न नसकेको आरोप लगाएका छन्।
उनले विश्व स्वास्थ्य संगठनलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको भनेका छन्। साथै जवाफदेही विश्व स्वास्थ्य संगठन हुनुपर्ने बताएका छन्।
ट्रम्पलाई भने देशभित्रै कोरोना संक्रमणको रोकथाममा गर्न नसकेको आरोप लाग्दै आएको छ। ‘मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु।
विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र नराम्रो व्यवस्थापनको समीक्षा गरिनेछ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने।
अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो आर्थिक दाता हो। गत वर्ष अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई ४ सय मिलियन अमेरिकी डलर सहयोग गरेको थियो। यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस