माहामारिमा यौन र नाङ्गा तस्बिरका कुरा बढि भए

क्वारेनटाईन सँगै मानिसहरुको यौन जीवनमा पनि परिवर्तन भएको छ ।
कोरोना भाईरसको माहामारीको कारण मानिसहरु घर बाहिर त्यति निक्लिएका छैनन् । उनीहरु क्वारेनटाईनमाझैँ बसिरहेका छन् । घरमै बसी बसी यौन र नाङ्गा तस्बिरहरु मेसेजमा आदानप्रदान गर्नेहरुको संख्या ह्वात्तै बढेको भेटिन्छ ।
‘टेल मि वाट यु वान्ट’ का लेखक तथा किन्सी संस्थाका अनुसन्धानकर्मी डा. जस्टिन लेमिलरका अनुसार ‘महामारीको सुरुवातसँगै मानिसको यौन जिवनमा परिवर्तन आएको छ । नाङ्गा तस्बिर र त्यस्तै खाले एमोजी मेसेज गर्नेहरुको संख्या ४६ प्रतिशतले बढेको देखिन्छ’।
‘के गर्ने बन्द अवस्थामा बस्दा बोर हुन्छ’ उनीहरु भन्छन भन्ने कुरा अनलाईन अंग्रेजी पत्रिका मेशेबलले लेख्छ ।
सोसल डिस्ट्यान्सिङ्ग बढेपछि, यस्तो खाले मेसेजहरु बढेको अनुसन्धानले बताउँछ । अनुसन्धानकर्ताहरुका अनुसार यौन चाहानाको बिज्ञानले पनि यहि बताउँछ ।
खासगरी त्यस्तो मेसेजको आदानप्रदान क्वारेन्टाइनमा बस्नेहरु माझ, खासगरी प्रेमी प्रेमिका अर्थात पति र पत्नी बीच प्रचुर देखिन्छ । उनीहरु भन्छन त्यस्तै मेसेज बाट आफ्ना इच्छा र यौन चाहानहरुको निकास मिल्छ ।
लेमिलर भन्छन, ‘केहि मानिसहरु तनाबमा हुँदा उनीहरुमा यौन चाहाना त्यति हुन्न तर कतिपयमा भने त्यो अझ बढि हुन्छ ।’
तपाईले यो समाचारलाई गलत सोच्नु भयो ? नसोच्नुहोस किनकि यो स्वाभाविक कुरा र यस्ताकुरामा छलफल हुनुपर्छ मानबिय यौन जीवनलाई बुझ्न ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस