काठमाडौँ– काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै अब चर्चा चलेको छ त्यो संग मुसिन पुगेका अरु मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई क्वारेन्टाइनमा राख्ने कि नराख्ने ?
सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री युवराज खतिवडाका छोरा तिलक खतिवडा पनि परिवारसहित बस्दै आएका छन्। उनको बेलायतबाट फर्केका संक्रमितहरुको परिवारसँग हेलमेल भएको स्थानीयले बताईरहेका छन् ।
यसले के देखाउँछ भने अर्थमन्त्री खतिवडाका छोरा तिलक पनि संक्रमणको जोखिममा छन्।
बजारमा के पनि कुरा आईरहेको छ भने तिलकले आफ्ना बुवा अर्थमन्त्री युवराज खतिवडासँग केही पटक भेटेको र त्यो कारणले मन्त्रि युवराज खतिवडा पनि कोरोना भाईरस संक्रमित भएको हुनसक्छ ।
यदि अर्थमन्त्री खतिवडा संक्रमित भएको खण्डमा, उनले अरु मन्त्रीहरु र प्रधानमन्त्रि के पी शर्मा ओलीसम्म पनि यो भाईरस सारेको हुन सक्छ किनभने मन्त्री खतिवडाले मन्त्रिपरिषद् बैठक तथा अन्य अवसरहरुमा धेरैपटक अन्य मन्त्री तथा प्रधानमन्त्रीलाई पनि भेटेका छन्।
यद्दपि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री खतिवडाले यसबारे कुनै जानकारी सार्वजनिक गरेका भने छैनन्।
अहिले प्रहरीले सनसिटि अपार्टमेन्टलाई सिल गरेको छ भने कसैलाई बाहिर आउन अनुमति दिइएको छैन।
अब के होला त? के अब अब सनसिटी अपार्टमेन्टसंग मुसिन पुगेका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई क्वारेन्टाइनमा राखिन्छ त ?
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com