कोरोनाले स्थिति अझ भयाभय, आधा लाखको अवस्था चिन्ताजनक, निको भएर घर फर्कने ५ लाख बढी

अहिले बिस्वमा कोरोना भाईरस महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजारको नजिक पुगिसकेको छ ।
त्यसैगरी संक्रमित हुनेको संख्या २१ लाखको नजिक छ ।
अमेरिकामा मात्रै संक्रमितको संख्या साँढे ६ लाखको नजिक छ भने, मृत्यु हुनेको संख्या २९ हजार पुग्न लागेको छ ।
मृत्यु हुनेको संख्याका आधारमा ईटाली र स्पेन क्रमस: दोस्रो र तेस्रो हुन् । त्यहाँ अहिले मृत्यु हुनेको संख्या २२ हजार र १९ हजारको नजिक पुगेको छ ।
यसरि मृत्यु र संक्रमित हुनेको संख्या बढिरहँदा, निको भएर घर फर्कनेहरुको संख्या पनि कम छैन । निको भएर घर फर्कनेको संख्या ५ लाख भन्दा माथि पुगिसकेको छ ।
तर त्यसो भनेर ढुक्क हुने अवस्था पनि काहाँ छ र ? संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेकै छ भने आधा लाख भन्दा बढी मानिसको अवस्था चिन्ताजनक छ ।
नेपालमा पनि अहिले सम्ममा १६ जना कोरोना संक्रमित भईसकेका छन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस