अमेरिकामा अब सन् २०२१ सम्म अनलाईन नै पढाउने तयारि

अमेरिका- केहि कलेजहरुमा अब बिधार्थीहरुलाई सन् २०२१ सम्म अनलाईननै पढाउने तयारि गरिदैछ ।
किनभने धेरै कलेजहरु कोरोना भाईरस माहामारीको कारण फल सेमेस्टर समेत अनलाईननै पढाउने तयारीमा जुट्दैछन, अमेरिकामा प्रकाशित हुने पत्रिका न्युयोर्क पोष्ट लेख्छ ।
बोस्टन बिस्वबिध्यालयमा समर कक्षाहरु सबै क्यान्सिल गरिसकेको र अनलाईननै पढाउने निश्चित भैसकेको छ ।
फलको २०२० बाट फेस टु फेस पढाउने भनिएपनि कोरोनाको कारण त्यो पनि सम्भब होला जस्तो छैन ।
त्यसैगरि हार्बड बिस्वबिधालयमा पनि मानबिय स्वास्थ्यलाई ध्यानदिंदै कक्षाहरु अनलाईननै संचालन गरिने त्यस बिस्वबिधालयका प्रेजिडेण्ट लरेन्स ब्याकु बताउँछन् ।
युनिभर्सिटि अफ एरिजोनामा पनि फल सेमेस्टर अन्लाईन पढाउने कि फेस टु फेस भन्ने कुरामा निश्चित छैन । त्यसैगरी निश्चित नहुने बिस्वबिधालयमा ओरेगन स्टेट युनिभर्सिटि पनि छ ।
अहिले अमेरिकामा कोरोना भाईरसको महामारी बढ्दो छ र यहि कुरालाई मध्यनजर गर्दै धेरै बिस्वबिधालयहरुले कक्षाहरु अनलाईननै संचालन गरिरहेछन र यो निरन्तरता अझै २०२१ सम्म जाने जस्तो देखिन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस