कोरोनाको कारण अमेरिकामा फेरी अर्को नेपालीको मृत्यु

अमेरिका- कोरोना भाइरसको कारण अमेरिकाको न्यूयोर्कमा एक जना नेपालीले ज्यान गुमाएका छन्। पवनकुमार मल्लको उनकै निवासमा मृत्यु भएको श्रोतले बताएको छ ।
पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए । ४५ वर्षका उनि न्यूयोर्कमा ट्याक्सी चलाउने गर्दथे।
कोरोना भाइरसको प्रकोप बढ्दै गर्दापनि उनी प्राय: नियमित काममै हुन्थे। संक्रमित भएपछि भने संगै कोठामा बस्ने साथिको सहयोगमा घरमै उपचार गर्दै आएका थिए।
एक्कासी स्वासप्रस्वासमा समस्या आएर एम्बुलेन्स बोलाएर अस्पताल जान खोजे पनि त्यति जटिल नभएको कारण देखाएर अस्पताल नगएका उनको निवासमै निधन भएका थियो ।
श्रोतका अनुसार उनि नेपालमा छँदा नेपाल प्रहरी सेवामा काम गर्थे । उनका श्रीमती र दुई छोरी नेपालमै रहेको बताइएको छ।
अब अमेरिकामा कोरोनाको कारण मृत्यु हुने उनि चौथो नेपाली हुन।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस