माहाबिर पुन एकाबिहानै किन भावुक बने?


आफ्नो फेसबुकमा माहाबिर पुन लेख्छन:

“सितिमिति भाबुक नहुने म आज बिहानै एक छिन भाबुक बनें। कारण पढ्नुहोस।

“एक जना भाइले दक्षिण कोरिया बाट बिहानै फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रको खाता नम्बर मागे र कोरोनाको लागी २ लाख रुपैंया पठाई दिन्छु भने ।

मैले “तिमीले दुख गरेर कमाएको पैसा दान गर्ने नै हो भने अलिकति पैसा दान गर, त्यति धेरै पैसा नपठाउ, बरु तिम्रो परीवारलाई पठाई देउ” भनेर भने । उनले मरो परिवार छैन भने ।अनि मैले “तिम्रो बाबा आमा लाई पठाई देउ न त” भनेर सम्झाएँ ।

उनले यसो भने – “बाबा ता मैले देखे कै होइन, आमाले पालेकी हुन् र उनी पनि स्वर्गमा छिन । मेरो आमा भने कै नेपाल आमा हुन् र आमालाई दुख परेको बेलामा यति सानै रकम भए पनि दान गर्न चाहन्छु।”

मैले ति भाईलाई बिभिन्न तरिकाले सम्झाई बुझाई गर्दै यसो भनें – “एक लाख मात्र दान गर र त्यो भन्दा बढी नगर, बरु सके जति पैसा बचाउ र देशमा नै आएर केहि गर”। धेरै नै सम्झाए पछि उनले एक लाख रुपैंया मात्र दान गर्न माने।

ति भाईले जिन्दगीमा धेरै दुख पाएको र हण्डर खाएको अनुमान गर्न सकिन्छ । त्यसै कारणले नै म एकछिन भाबुक बनेको हो किन भने मैले पनि जिन्दगीमा मैले धेरै नै हण्डर र ठक्करहरु पाएको छु र जस्तो सुकै परिस्थितिमा पनि सितिमिति म भाबुक र बिचलित हुँदै हुँदैन।

कसैको पनि हण्डर र ठक्कर नखाएको जिन्दगी कुनै जिन्दगी नै होइन भन्ने मान्यता राख्छु मैले र यो एकदमै सत्य कुरा हो। कसैले फेरी व्यंग र हाँसो नगर्नु होला। धन्यबाद।

हेर्नुहोस फेसबुकमा उनको स्टाटस।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope