सामाजिक दुरी कहिलेसम्म ?

न्युयोर्क- हावर्ड विश्वविधालयले गरेको अनुसन्धानले सन् २०२२ सम्म सामान्य सामाजिक दुरीमा रहनुपर्ने निष्कर्श निकालेको छ।
विश्वविधालयका रोगसम्बन्धी अध्येताले गरेको अध्ययन जर्नलमा प्रकाशित भएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वका धेरै देशले लकडाउन लागू गरिरहेका छन्।
जनतालाई घरमै बस्न आग्रह गरिएका छन् । यो भाईरसको निराकरण हुन सक्ने कुनै सम्भाबना तत्कालै नदेखिएकोले अझै लामो समयसम्म सामजिक दुरी राख्नु पर्ने देखिन्छ ।
मानिसबीच भेटघाट हुँदा भाइरसको संक्रमण सर्ने र फैलने भएकाले लकडाउन अधिकांश देशका लागि निर्विकल्पजस्तै बनेको छ।
यहि विषयलाई लिएर अनुसन्धान पनि सुरु हुन थालेको छ।
भाइरसविरुद्धको औषधी पत्ता नलागेको र लाग्ने छाँटकाँट पनि नदेखिएकाले यतिबेला विश्वलाई नै चिन्ताको विषय बनेको छ- सामाजिक दुरी कहिलेसम्म ?
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस