कोरोनाका कारण थप चारजना नेपाली भाषीको निधन

५ बैशाख, अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) का कारण चारजना नेपालीको निधन भएकाे छ।
थाहा खबर लेख्छ:
बिहिबार बिहान न्युयोर्कमा ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो। त्यसैगरी अमेरिकाको कोलोराडोमा एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी जम्मा तीन नेपाली- भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको छ। न्यूयोर्कमा निधन भएका अमात्य कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन। न्युयोर्कमा निधन हुने इन्द्र भुजेल हुन् भने आयोवामा निधन हुने बीरमान सुब्बा हुन्। सत्तरी वर्षका सुब्बा भूटानको टेन्डुमा जन्मेका हुन्। उनी नेपालको टिमाई शिविरमा बसेका थिए भने सन् २०१६ देखि आयोवाको सेडार र्यापिड्समा बस्दै आएका थिए। यसअघि कोभिड–१९ का कारण अजय छोचुन, थोक्मे बिष्ट, सोनाम लामा, निमा टेम्बा शेर्पा, पवनकुमार मल्ललगायतको निधन भइसकेको छ। नेपाली मूलका मानिसको बाक्लो बसोबास भएका क्विन्स र ज्याक्सन हाइट्समा कोभिड–१९ को संक्रमण धेरै छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस