चाईनामा कोरोनाले मृत्यु हुनेको संख्या फेरी ह्वात्तै १३ सयले बढ्यो – आखिर के भयो?

अहिलेसम्म चाईनामा कोरोनाले मर्न छोडे भनिएको थियो तर चीनले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको तथ्यांक एक्कासि बढाएको छ।
गत डिसेम्बरमा संक्रमण देखा परेको वुहान सहरमा मृत्यु हुनेको संख्या १३ सयले बढ्यो ।
कोरोना भाइरसको केन्द्र रहेको बुहानमा यसअघि २५७९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। त्यहाँ पछिल्लोपटक झन्डै १ सय जनाको थप मृत्यु भएको भन्दै चीनले नयाँ तथ्यांक सार्वजनिक गरेको छ।
अब चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४६३२ पुगेको छ। हामीले चिनलाई उद्धारणको रुपमा लिन थालिसकेको थियौ तर अचानक फेरी मृत्यु दर ह्वात्तै बढेको देखिएको छ ।
चीनमा मृत्यु हुनेको पछिल्लो विवरण सार्वजनिक गरेपछि नविरोधी मुलुकलाई आलोचना गर्न थप सजिलो भएको छ।
अमेरिकाले चीनमाथि कोरोना भाइरससँग सम्बन्धित सूचना लुकाएको भन्दै आरोप लगाएको यो समयमा भर्खरै आएको तथ्यांकले अझ अमेरिकाको कुरालाई बिस्वासनिय बनाएको छ ।
चीनमा अहिले कोरोनाबाट ८२ हजार ६ सय ९२ संक्रमित भएका छन्। ७७ हजार ९ सय ४४ लाई भने निको भइसकेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस