नेपालमा फेरि ८ जनामा कोरोना भाईरस पोजिटिभ देखियो, अब संक्रमितको संख्या २४ पुग्ने संभावना

हेल्थ आवाज स्रोतका अनुसार एकै दिनमा ८ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । प्रदेश १ मा ६ जना र चितवनमा दुई जनामा पोजेटिभ देखिएको छ।
स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसारका प्रदेश १ मा ६ जना र चितवनमा २ जना गरी ८ जनामा एकैदिन कोभिड–१९ पोजेटिभ देखिएको छ । उनिहरुको दुईचोटिसम्मको चेकजाँचमा पोजिटिभ देखिएको हो। फेरि पनि अन्तिम पटकको जाँचमा पोजिटिभ देखिए संक्रमितको संख्या २४ पुग्ने छ।
कोभिड–१९ पोजेटिभ देखिए का सबै भारतबाट फर्किएकाहरु रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कोशी अस्पताल रहेको प्रयोगशालामा थ्रोट स्वाब परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै, चितवनमा २ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । एकै दिन ८ जनामा कोभिड १९ पोजेटिभ देखिएको नेपालमा पहिलो पटक हो ।
यसअघि एकैदिन तीन जनासम्ममा कोभिड–१९ पुष्टी भएको थियो ।
यसँसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या २४ पुग्ने संभावना बढेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस