मृत्यु हुनेको संख्या १ लाख ५० हजार माथि, अमेरिकामा संक्रमित पुगे ७ लाख, नेपालमा ३०

अहिलेसम्ममा कोरोना भाईरस महामारीबाट मृत्यु हुनेको संख्या १ लाख पचास हजार नाघिसकेको छ ।
अहिले बिस्वभरिमा संक्रमित हेको संख्या झन्डै २२ लाख ५० हजार छ । निको भएर घर फर्किएकाहरुको संख्या भने करिब ७ लाख छ ।
अमेरिकामा मात्रै संक्रमितहरुको संख्या अहिलेसम्ममा ७ लाख पुगिसकेको छ भने मृत्यु हुनेको संख्या भने ३७ हजार ३ सयको नजिक छ ।
हिजै मात्रै अमेरिकामा झन्डै ३ हजार नयाँ संक्रमित हरु थपिए ।
अहिले ईटाली र स्पेनमा क्रमस: २२ हजार ५ सय र १९ हजार ५ सय भन्दा माथिको मृत्यु भैसकेको छ ।
त्यसैगरी मृत्यु हेको संख्या फ्रान्स र ब्रिटेनमा क्रमस: १८ हजार ५ सय र १४ हजार ५ सय भन्दा माथि छ ।
त्यसैगरी चाईनामा अहिले मृत्यु हुनेको संख्या ४ हजार ५ सय भन्दा माथि छ ।
नेपालमा पनि भर्खरै नयाँ १४ जना संक्रमित थपिएर अहिले संक्रमित हुनेको संख्या ३० पुगेको छ ।
हामि तपाईंहरु सबैलाई होशियार र संयमित हुन आग्रह गर्दछौ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस