बाबासँग मनका कुरा (कबिता)


कवि- रमा पोखरेल

बाबा म आउँछु, अवस्य आउँछु ,
सकुशल आउँछु, त्यो के आउँदै छ रे ,
हाम्रो आगँनमा युद्ध गर्न आउदैछ रे त्यो,

त्यसैले ,
त्यसलाई परास्त गरेर आउँछु ।

घरमा बुढी हजुरअामाले कुरिरहनु भा छ!
गहभरी मोतीका दाना निकालिरहनु भा छ!
म मेरि हजुरआमालाइ रुन दिन्न त्यसैले ,
बाबा, म अवस्य आउँछु ।

मेरि आमाले लैनु भैसिको घ्यू सगाल्नु भा छ!
म आउनुपर्छ, सबैलाई भेटेर रमाइलो गर्नु छ ,
भलाकुसारी गर्नु छ, बाबा म आउँछु ,
अवस्य आउँछु , त्यसलाइ परास्त गरेरै आउछु ।

औषधिमुलो निकाल्नु पर्छ!
त्यसलाइ निर्मुल पार्नुपर्छ!
बिज्ञानले पनि हरेश खाएको बेला,
हामी सबै मिलि जरैदेखि फ्याक्नुपर्छ,

त्यसैले,
बाबा म आउँछु अवस्य आउँछु ।

साहित्यमा रुचि राख्ने कवि रमा पोखरेल फुर्सदको समयमा कबिता लेखिरहन्छिन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope