उतर कोरियामा पनि कोरना संक्रमित

७ बैशाख २०७७, आईतवार ०७:४७

अहिलेसम्म उतरकोरियामा कुनै कोरोना भाईरस संक्रमित फेला नपरेको भनिएको थियो जबकि संसारभर कोरोना भाइरसको महामारी चलिरहेको छ तर अब उत्तर कोरियामा पनि संक्रमित रहेको खुलासा भएको छ।

त्यहाँ मार्च महिनाको सुरुमा संक्रमण देखिएको बताइएको छ।

रेडियो फ्रि एसियाले प्योङ्गयाङ्ले शुक्रबार देशमा कोरोनाका प्रमाणित संक्रमित नरहेको दाबी गरेको जनाएको थियो।

तर अहिले कोरोना संक्रमित भएको रिपोर्ट प्रसारण गरेको छ।

रिपोर्टमा उल्लेख छ कि ती संक्रमितहरू प्योङ्गयाङ, दक्षिणी ह्वाङहे प्रान्त र उत्तरी हेमग्योङ प्रान्तमा भेटिएको छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.