७ वैशाख, कैलाली धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भई घर फर्केका छन ।
पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए उनि तर दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनि घर फर्किएका हुन् ।

२४ घण्टाको फरकमा दुईवटा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो । उनलाई आजै डिस्चार्ज गरिएको छ ।
घर फर्किएपछि पनि एक हप्ता सामाजिक दुरी कायम गर्न आग्रह गरिएको छ ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।
नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।
नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com