क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् ।

गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । उनी दुई सन्तानकी आमा हुन् । यस्तै उनी रोयल क्यानडियन प्रहरीकी भेट्रान पनि हुन् । अर्का एक प्रहरी अधिकारी घाइते भएका छन् ।
स्थानीय समय अनुसार शनिबार राति गोलीकाण्ड सुरु भएको थियो । क्यानडियन प्रहरीले पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड रहेको उल्लेख गरेको छ।
५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले उललेख गरेको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
स्रोत: अनलाईन तथा देश सञ्चार
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com